site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजिप्टले पर्यटनबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजस्व उठायो
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै आर्थिक वर्ष २०२१÷२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ ।

जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिब १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजस्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधबार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एन्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए ।

त्यस्तै, अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro