site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इटालीमा डुंगा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु
फाइल तस्बिर : बीबीसी ।

काठमाडौं । इटालीको लाम्पेडुसा टापुमा डुंगा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा ज्यान जोगाउन सफल चारजनाले उद्धारकर्तालाई ट्युनिसियाको स्फ्याक्सबाट इटालीको यात्राका क्रममा डुंगा डुबेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

उत्तर अफ्रिकाबाट युरोप जाने बाटोमा यो वर्ष हालसम्म एकहजार ८०० भन्दा बढीले ज्यान गुमाएका छन् ।

बाँचेका तीन पुरुष र एक महिलाले उद्धारकर्तालाई तीन बालबालिकासहित ४५ जना डुंगामा सवार रहेको बताएका छन् ।

करिब ७ मिटर लामो डुंगा गत हप्ताको बिहीबार स्फ्याक्सबाट हिँडेको र ठुलो छालले ठक्कर दिएपछि केही घण्टामै डुबेको उनीहरूले बताएका छन्।

डुंगामा सवार १५ जनाले मात्र लाइफ भेस्ट लगाएको बुझिएको छ । उनीहरूले कार्गो पानी जहाजले आफ्नो उद्धार गरेको र त्यसपछि इटालियन तटरक्षक जहाजमा सारिएको बताएका छन् ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro