site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुन प्रकरण र महराबारे माओवादी : यथार्थ बाहिर आएजस्तो छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुन तस्करी प्रकरणमा पार्टी नेता कृष्णबहादुर महराको नाम जोडिएको तर यथार्थ बाहिर आएजस्तो नभएको दाबी गरेको छ ।

प्रवक्ता नियुक्त भएपश्चात् बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अग्नि सापकोटाले बाहिर आएजस्तो यथार्थ नभएको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पनि निष्पक्ष छानबिनको माग गरेको बताए । साथै, महरा आफैले निष्पक्ष छानबिन गर्न माग गरेको पनि उनले जानकारी दिए ।

“पदाधिकारीको बैठकमा कृष्णबहादुर महराले निष्पक्ष छानबिन होस् भन्नुभएको छ । बाहिर आएजस्तो होइन, केन्द्रीय सदस्यले जो परे नि निष्पक्ष गर्नुपर्छ भन्नुभएको छ । जोसम्म तथ्य र प्रमाणले पुग्छ, कारबाही हुन्छ,” उनले भने ।

Global Ime bank

उनले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दृढ भएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement