site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन प्रक्रियालाई निष्कर्षमा पुग्न दिऔँ ः देवेन्द्र पौडेल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा छानबिनको निष्कर्ष चित्त नबुझे मात्रै संसदीय समितिको माग गर्न प्रतिपक्षी नेकपा (एमाले)लाई आग्रह गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले अर्को छानबिन समिति बनाउँदा प्रश्न उठ्ने बताए । 

Dabur Nepal
NIC Asia

“जुन ठाउँबाट छानबिन भएको छ, त्यो छानबिनको प्रक्रियालाई निष्कर्षमा पुग्न दिऔँ,” पौडेलले भने, “चित्त बुझेन भने समितिको माग गर्न सक्नुहुन्छ । भइरहेको छानबिनलाई विषयान्तर नगरौँ ।”

सरकारको राम्रा कामलाई राम्रा भन्न उनको आग्रह छ । “यो प्रकरणलाई सहयोग गर्न कसले छेक्यो ?  राम्रो कामलाई त राम्रो भन्नुपर्‍यो नि,” पौडेलले भने ।

उनले कुनै पनि नियमावलीमा प्रतिपक्षको सदन भनेर नलेखेको बताए । सदन सबैको भएको भन्दै त्यसैअनुसार अघि बढ्न सभामुखलाई आग्रह गरे ।

भ्रष्टाचारको अनुहार, भूगोल, दल समेत नहुने उनको भनाइ छ । संविधानमा व्यवस्था भएका निकायलाई सक्रिय बनाएर सुशासनको प्रत्याभूति दिलाउन गरेको सरकारको कामलाई धन्यवाद दिन उनले आग्रह गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro