site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौरा पर्व : पञ्चाङ्ग निर्णायक समितिको मिति भदौ ७, २१ मा मनाउने ज्योतिषहरूको निर्णय
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम क्षेत्रको महान चाड गौरा पर्व यस वर्ष कुन मितिमा मनाउने भन्ने विवाद समाधान हुन सकेको छैन । सोमबार देशकै प्रशिद्ध दार्चुलाको मालिकार्जुन धाममा बसेको ज्योतिषहरूको बैठकले भदौ २१ गते गौरा पर्व मनाउने निर्णय गरेका छन् ।

मालिकार्जुन विकास समितिको सहजीकरणमा भएको छलफल एवं बैठकमा दार्चुला, बैतडीलगायतका जिल्लाका प्रशिद्ध ज्योतिषहरुले गणितीय र शास्त्रीय विषयहरुको अध्ययन, विश्लेषणको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौरा पर्व मनाउने गरी निर्णय गरेको थियो । छलफलमा केही ज्योतिषले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार ७ गते गौरा पर्व मनाउनु पर्ने तर्क पनि राखेका थिए ।

तर, महिलाहरुले एकादशी व्रत उपासना नगरी दुर्वाष्टमी (गौरा अष्ठमी) पर्वमा सरिक हुन नमिल्ने भएकोले २१ गते नै गौरा पर्व मनाउनु पर्ने ज्योतिषहरूको भनाइ छ ।

Global Ime bank

पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्यसचिव ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले भने भदौ ७ गते नै गौरा पर्व मनाउनु पर्ने बताएका छन् । केही शास्त्रीय र गणितीय कुराहरुले मितिमा अन्योल भएको हो कि भन्नेबारेमा छलफल समेत भएको उनले बताएका छन् ।

गौरा पर्वको मिति तलमाथि गर्नुपर्ने हो कि भनेर फेरि पनि गणितीय हिसाब गरेर ७ गते नै मनाउने निर्णय गरेको उनको भनाइ छ । “हामीले हाम्रो निर्णय गरिसकेका छौँ, उनीहरुले जे सुकै गरुन्,” समितिका सदस्यसचिव ढुङ्गेलले भने, “शास्त्रले भनेअनुसार हामीले देखाइदिने काम हो, उनीहरुले जे सुकै गरुन् ।”

पेसागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य शिक्षक एवं ज्योतिष हरिदत्त जोशीले बैठकमा भदौ २१ गते नै गौरा पर्व मनाउने निर्णय भएको बताए । अगस्तिको उदय हुनुभन्दा अघि गौरा मनाउनु पर्ने भएको र सुदूरपश्चिममा भदौ २२ गतेभन्दा अघि अगस्तिको उदय नभइरहेको उनको भनाइ छ ।

“भदौ २२ गतेभन्दा अघि सुदूरपश्चिममा अगस्तिको उदय कुनै पनि गणितबाट भइरहेको छैन । स्थानीय सिद्धान्त र अन्य प्रयोग गरेको दुवै सिद्धान्तबाट हेर्दा पनि २२ गतेभन्दा अघि अगस्तिको उदय भइरहेको छैन,” ज्योतिष जोशीले भने । करिब १९ वर्षको अवधिपछि हरेकपटक गौरा पर्वसम्बन्धी यस किसिमको विवाद आउने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement