site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा चिसो अझै बढ्ने, २ डिग्री सेल्सियसभन्दा कम हुनसक्ने 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा यो वर्ष हालसम्मको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस पुगिसकेको छ । मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । 

त्यसयता भने काठमाडौंको तापक्रम बढेर ५.१ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ५.१ डिग्री सेल्सियस पुगेको थियो । 

बिहीबार काठमाडौंको तापक्रम केही घटेको छ । आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ । 

तापक्रम बढ्ने र घट्नेक्रम जारी रहने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना भएको उनी बताउँछिन् । 

जनवरी सबैभन्दा चिसो महिना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको उनको भनाइ छ । 

“जनवरीको पनि पहिलो र दोस्रो साता सबैभन्दा धेरै चिसो समय हो,” मौसमविद् मानन्धर बाह्रखरीसँग भन्छिन्, “त्यसैले काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसभन्दा कम हुने सम्भावना छ । तर, हुन्छ नै भनेर निश्चित भने गर्न सकिन्न ।” 

न्यूनतम तापक्रम २ डिग्री सेल्सियसकै आसपासमा रहन पनि सक्ने उनी बताउँछिन् । यद्यपि, यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम माइनसमा भने नजाने निश्चित रहेको उनको भनाइ छ । 

न्यूनतम तापक्रमका हरेक रेकर्ड जनवरी महिनामै बनेकाले चिसो अझै बढ्ने उनी बताउँछिन् । 

फेब्रुअरी तेस्रो हप्ताबाट चिसो कम हुँदै तापक्रम बढ्नेक्रम सुरु हुने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro