
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ । सम्मेलनको नारा ‘पराक्रमी गति आक्रामक नीति’ थियो ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न समेत आग्रह गरे ।
सम्मेलनले आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरेको छ ।
चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म सम्मेलन चलेको थियो ।