site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पारोविरुद्ध खेल्न मच्छिन्द्र तयार 
तस्बिर : एन्फा ।

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

खेलअघि पत्रकार सम्मेलनमा मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले आफ्नो टिम पारोविरुद्ध खेल्नका लागि पूर्ण रूपमा तयार रहेको बताए ।

“हाम्रो तयारी पूरा भइसकेको छ । हामी पारोविरुद्धको खेलका लागि तयार छौँ । कमजोर पक्षमा सुधार गर्नका लागि हामीले नयाँ खेलाडीसँग सम्झौता गरेका हौँ,” केसीले भने, “र, हामी पारोविरुद्ध प्रयोग गर्नेछौँ । हामी विपक्षीहरूलाई सम्मान गर्छौँ र राम्रोसँग अध्ययन गरेका छौँ । उनीहरू विदेशी खेलाडीमा बढी निर्भर छन् ।”

Dabur Nepal
NIC Asia

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले आफूहरूको प्रशिक्षण राम्रो रहेको र टिमको सम्पूर्ण तयारी पूरा भएको बताए ।

“हाम्रो तयारी मौसम र वर्षाका कारण ढिलो सुरु भयो । तर, हामीले नयाँ खेलाडी अनुबन्ध गरेका छौँ र उनीहरूले राम्रोसँग प्रशिक्षण गरिरहेका छन्,” श्रेष्ठले भने ।

पारोका मुख्य प्रशिक्षक पुष्प लामा शर्माले नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित मच्छिन्द्र राम्रो टोली भएको बताए । उनले आफ्नो टिमले बलियो प्रतिद्वन्दिता प्रस्तुत गर्ने अपेक्षा गरिएको उल्लेख गरे ।

“हामीले लिगका तीनवटा खेल खेलेका छौँ र पूर्ण रूपमा तयार छौँ । मच्छिन्द्र राम्रो टोली हो र हामी उनीहरूलाई सम्मान गर्छौँ । आशा छ, हामी अर्को चरणमा प्रवेश गर्नेछौँ,” शर्माले भने ।

पारोका कप्तान किन्ले वाङ्चुकले आफूहरू मच्छिन्द्रविरुद्धको खेलमा केन्द्रित भएको बताए । “हाम्रा केही खेलाडीहरूलाई यहाँको मैदान र अवस्था राम्ररी थाहा छ । हामी त्यसको फाइदा उठाउने आशा गर्छौँ । हामी अहिले मच्छिन्द्रविरुद्ध पूर्ण रूपमा केन्द्रित छौँ । त्यसपछि मात्र हामी अर्को चरणको बारेमा सोच्न सक्छौँ,” वाङ्चुकले भने ।

पारो भुटानी लिग च्याम्पियन बन्दै एएफसी कप छनोटका लागि आएको हो । मच्छिन्द्रले भने सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसी लाइसेन्स नभएका कारण मौका पाएको हो ।

मच्छिन्द्र र पारोबीचको खेल काठमाडौंको दशरथ रंगशालामा बेलुका ५ः३० बजे सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro