राजनीति
काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।
सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा संसद् अवरोध हटाउने र संसदीय समितिकिो सभापति चयनका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्