site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० शृंखलामा भारतविरुद्ध वेस्ट इन्डिजको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजले पाहुना टिम भारतविरुद्ध दुई विकेटको जित निकालेको छ । आइतबार राति प्रोभिडेन्स रंगशालामा, गुएनामा भएको खेलमा भारतले प्रस्तुत गरेको १५३ रनको लक्ष्य वेस्ट इन्डिजले १८.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा निकालेस पुरनले ६७ रन बनाए । पुरनले ४० बलमा ६ चौका र चार छक्का प्रहार गरे । सिमरन हेटमायरले २२, कप्तान रोभमन पोवेलले २१, अकेइल हुसैनले १६, काइल मयेर्सले १५ र अल्जारी जोसेफले १० रन जोडे ।

भारतका हार्दिक पन्ड्याले तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा अर्शदीप सिंह र मुकेश कुमारले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो । भारतका तिलक वर्माले ५१ रन बनाएका थिए । इशान किसनले २७, कप्तान हार्दिक पन्ड्याले २४ र अक्सर पटेलले १४ रन थपे ।

वेस्ट इन्डिजका अकेइल हुसैन, अल्जारी जोसेफ र रोमारियो सेफर्डले समान दुई विकेट लिए ।

जितसँगै पाँच खेलका ट्वान्टी–२० शृंखलामा वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । वेस्ट इन्डिजले यसअघि शृंखलाको पहिलो खेलमा भारतलाई चार रनले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय