site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालले भने– एमालेसँगको विद्रोह पुष्टि भएको छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँगको विद्रोह पुष्टि भएको दाबी गरेका छन् । स्थायी कमिटी बैठकमा नेताहरुले विद्रोहको पुष्टि गर्न नसक्दा पार्टी क्षयीकरणमा गएको बताएपछि उनले त्यस्तो जवाफ दिएका हुन् ।

बैठक समापन गर्र्दै उनले विद्रोहलाई संख्यासँग तुलना गर्न नुहुने धारणा राखेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्न हुँदैन । संख्या बढ्न समय लाग्छ ।  अबका दिन हाम्रो सख्या बढाउने काममा केन्दित गर्न तयारी गरिरहेका छौ,” नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।

नेपालले पार्टीको शक्ति कमजोर नभएको जवाफ पनि दिए । पार्टीका सम्मानित नेता झलनाथ खनालले नै धारणा राख्नेक्रममा पार्टीको शक्ति र ऊर्जा पहिलेजस्तो नभएको बताएका थिए ।

Global Ime bank

“हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ । हामीभन्दा विचार र व्यवहारमा अरु को उत्कृष्ट छ ?,” नेपालले प्रश्न गरे ।

उनले पार्टी संगठनले सडक, संसद् र सरकारमा रहेर काम गर्ने समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement