site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा नेपालीले लगाए साढे ३३ करोडभन्दा बढीको ‘सन–ग्लास’

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट ३३ करोड ६५ लाख ३९ हजार रुपैयाँको सन–ग्लास आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सन–ग्लास आयात गरेको हो ।

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त मूल्यमा २२ लाख ७५ हजार ५१७ थान सन–ग्लास नेपाल भित्रिएको छ ।

अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, इजरायल, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, कतार, रोमानिया, स्पेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, यूएई, बेलायत र अमेरिकाबाट नेपालले सन–ग्लास आयात गर्ने गरेको छ ।

पछिल्लो एक वर्षमा चीनबाट मात्र नेपालले ३१ करोड ४९ लाख ३३ हजार रुपैयाँको सन–ग्लास आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ३३ करोड २६ लाख १४ हजार रुपैयाँको सन–ग्लास आयात गरेको थियो । उक्त मूल्यमा ३३ लाख १९ हजार ६५५ थान सन–ग्लास नेपाल भित्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro