site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी लगानी सम्मेलन : कुन अतिथिले के भने ? 

विराटनगर ।‌ कोसी प्रदेश लगानी सम्मेलनका अतिथिहरूले कोसी प्रदेश लगानीको दृष्टिले सम्भावना बोकेको प्रदेश भएको बताएका छन् । 

विराटनगरमा बिहीबार सम्मेलन उद्घाटनको अवसरमा बोल्दै प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोसी लगानीका हिसाबले उपयुक्त प्रदेश भएको बताएका थिए । सम्भावना देखेरै लगानी सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो । 

“स्थानीय तहले पहिचान गरेका र प्रदेशले समेत अघि बढाएका १० करोडमाथिका योजनासमेत अघि बढाउने प्रयोजनले लगानी सम्मेलन गरेका हौँ,” मुख्यमन्त्री कार्कीले भने,“निजी क्षेत्रलाई साथै लिएर अघि बढ्ने प्रयास सुरु गरेका छौँ ।”

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ संरचनामा ग एपनि पुराना कानुनले स्थायी सरकार निर्देशित र रेखदेख गर्नुपर्दा अन्तरविरोध प्रकट भएको बताए । उनले भने,“सात दशक राजनीतिक आन्दोलनमा जिन्दावाद, मुर्दावाद भन्दै बित्यो, अब प्रदेशहरूले आ–आफ्ना विशिष्टताअनुसार समृद्धिको बाटोतिर लाग्नुपर्छ ।” 

उनले सात वर्षमात्र भएको नयाँ व्यवस्थाप्रति जनताको अपेक्षा अझ धेरै बढेको बताए ‌। उनले भने,“सीमित साधन स्रोत छ, तर अपेक्षा धेरै छन् । तथ्य र तथ्यांकका आधारमा दृष्टिकोण बनाइनु पर्दछ । सबै विषयलाई राजनीतिक दृष्टिले मात्र हेरिनु हुन्न ।”
 
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सबै प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगले उन्नतितर्फ जान सकिने बताए । “विकासको माहोल खुलेको छ,” उनले भने, “संघीयताको सात वर्षमा विकासका धेरै ढोका खुलेका छन् ।” 

मुख्यमन्त्री सिंहले ठूला जनसंख्या भएका बिहार, पश्चिममा बंगाल र उत्तर प्रदेशका दुई करोड भारतीयलाई मात्र धार्मिक पर्यटकको रूपमा ल्याउन सकेमात्र पनि नेपालले फाइदा लिन सक्ने बताए ।

“नयाँ पुस्तालाई विदेश पठाएर होइन, यहीँ रोजगारी सिर्जना गरेर प्रदेश विकास गर्न सकिन्छ, प्रदेश बन्दा राष्ट्र पनि बन्छ,” उनले भने ।

कोसीका पूर्वमन्त्रीहरू शेरधन राई, राजेन्द्र राई र उद्धव थापाले कोसी प्रदेश हरेक हिसाबले स्रोतयुक्त भएको बताए । पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने,“प्रदेशमा सबै चिज छ, तर कसरी उपभोग गर्ने भन्ने विषय हो । कानुनी समस्या छन्, तिनलाई संशोधन गर्नुपर्छ । माथिबाट गाँठो फुकाउनुपर्छ ।”

राईले भने, “संविधान संशोधनमा गएर ऐन कानुन संशोधन गरेर प्रदेशलाई दह्रो बनाइनुपर्दछ ।”

सम्मेलनमा कोसीका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले शुभकामना दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro