site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले अगस्टमा विश्वलाई सुखद् समाचार दिने 
SkywellSkywell

काठमाडौं । टर्कीले विश्वलाई अगस्टमा सुखद् समाचार दिने भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इस्तानबुलमा शुक्रबारको प्रार्थनापछि पत्रकारहरूसँग कुरा गर्दै आगामी अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टर्की भ्रमण हुनसक्ने बताएका हुन् । 

राष्ट्रपति पुटिनको टर्की भ्रमणको मिति नतोकिएको भए पनि अगस्ट महिनाभित्र हुनसक्ने बताउनु भयो । गएको बुधबार राष्ट्रपति पुटिनले राष्ट्रपति एर्दोगानसँग टेलिफोन वार्ता गर्दै भ्रमण गर्ने बताएका थिए । टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः सुरु गर्न आग्रह गरेको बताए । 
 
युक्रेन र रुसबीचको तनाव कम गर्न टर्कीको मध्यस्थकर्ताको भूमिका अद्वितीय रहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । टर्कीले  कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ ।  

Dabur Nepal
NIC Asia

संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति एर्दोगानले ब्लाक सी कोरिडोर खोल्नसके भोकमरीबाट पीडित अफ्रिकन देशले खानेकुरा पाउने कुरा पुटिनलाई टेलिफोन संवादमा भनेको उल्लेख गरे । ।

‘टर्कीले अफ्रिकी देशहरूसँगको सकारात्मक सम्बन्ध कायम राख्न काम गरिरहेको छ’ राष्ट्रपति एर्डोगानले भने । युरोपेली देशहरूको परम्परागत रूपमा औपनिवेशिक दृष्टिकोणको विपरीत, टर्कीले लामो समयदेखि अफ्रिकी देशहरूसँगको आफ्नो सम्बन्धलाई मजबुत बनाउँदै लगेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu