site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा साढे ७१ प्रतिशत घट्यो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म नेपाल बैंक लिमिटेडले तीन अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नफा अघिल्लो वर्षको तुलनामा १६.७० प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो वर्ष बैंकले दुई अर्ब ९२ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन वृद्धि भएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेको छ भने फि तथा कमिशनबाट प्राप्त हुने आम्दानी ३.८३ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्ष खुद ब्याज आम्दानीबाट बैंकले नौ अर्ब ४४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले यो शीर्षकमा ६ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको थियो । 

गत वर्ष फि तथा कमिशनबाट बैंकले ९२ करोड आठ लाख रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष ८८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा २१.१९ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकले सञ्चालन मुनाफाबापत चार अर्ब ४० करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले तीन अर्ब ६३ करोड ७४ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको थियो । 

बैंकको खराब कर्जा भने १.०२ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा २.८५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.८३ प्रतिशत थियो । 

त्यस्तै बैंकको कर्जा लगानी ४.३२ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म एक खर्ब ७८ अर्ब ८ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी भएको छ । अघिल्लो वर्ष एक खर्ब ७१ अर्ब ४ करोड पाँच लाख कर्जा लगानी गरेको थियो । 

निक्षेप संकलन २४.७२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैंकले दुई खर्ब ४४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष भने बैंकले एक खर्ब ९६ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

कम्पनीको वितरणयोग्य मुनाफा भने घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख छ भने अघिल्लो वर्ष यस्तो नाफा तीन अर्ब ४२ करोड रुपैयाँ थियो । गत वर्षको वितरणयोग्य मुनाफा अनुसार बैंकले सेयरधनीलाई प्रतिसेयर ६.६२ प्रतिशत लाभांश वितरण गर्न सक्छ । अघिल्लो वर्ष यस्तो क्षमता २३.७६ प्रतिशत थियो । एक वर्षमा १७.१४ प्रतिशतले लाभांश क्षमता घटेको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा छ । त्यस्तै कम्पनीको चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यो वर्ष बैंकको लागत १.०३ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्ष ५.९४ प्रतिशत रहेको लागत गत वर्ष ६.९७ प्रतिशत कायम भएको छ । बेसरेट १.९३ प्रतिशत विन्दुले बढेको छ । स्प्रेडदर भने १.१३ प्रशितल विन्दुले घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको स्प्रेडदर ३.९५ प्रतिशत र बेसरेट ९.९२ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro