site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषि विकास बैंकको ब्याज आम्दानी घटे पनि नाफामा असर देखिएन

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा ३९.२५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष बैंकले दुई अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी र खुद फि तथा कमिशनबाट प्राप्त हुने आम्दानी घटेको छ । खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेको छ । फि तथा कमिशनबाट प्राप्त हुने आम्दानी १९.०३ प्रतिशतले घटेको छ । 

गत वर्ष खुद ब्याज आम्दानीबाट बैंकले आठ अर्ब आठ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले यो शीर्षकमा आठ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो । 

सञ्चालन मुनाफामा वृद्धि हुँदा बैंकको नाफा वृद्धिमा सहयोग पुगेको छ । सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा २६.०७ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकले सञ्चालन मुनाफाबापत चार अर्ब ५४ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले तीन अर्ब ६० करोड ४४ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको थियो । 

बैंकको खराब कर्जा भने ०.३९ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा २.४८ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा २.०९ प्रतिशत थियो । 

गत वर्ष फि तथा कमिशनबाट एक अर्ब २२ करोड ११ लाख रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष एक अर्ब ५० करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै बैंकले गर्दै आएको कर्जा लगानी पनि ०.९३ प्रतिशतले घटेको छ । गत वर्षको अन्त्यसम्म एक खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी भएको छ । अघिल्लो वर्ष एक खर्ब ७३ अर्ब ३१ करोड ४९ लाख कर्जा लगानी गरेको थियो । 

निक्षेप संकलन भने १९.७५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैंकले एक खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष भने बैंकले एक खर्ब ६६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

कम्पनीको वितरणयोग्य मुनाफा घटेको छ । गत वर्षको अन्त्यसम्म वितरणयोग्य मुनाफा ४३.०१ प्रतिशतले घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ७१ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष यस्तो नाफा तीन अर्ब ५२ करोड १७ लाख रुपैयाँ थियो । गत वर्षको वितरणयोग्य मुनाफा अनुसार बैंकले सेयरधनीलाई प्रतिसेयर १९.८९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । अघिल्लो वर्ष यस्तो क्षमता ३५.६१ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै कम्पनीको चुक्तापुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ सञ्चित गरेको छ । यो वर्ष बैंकको लागत र बेसरेट बढेको छ भने स्प्रेडदर भने घटेको छ । यो बैंकको स्प्रेडदर गत वर्ष ०.४३ प्रशितल विन्दुले घटेको छ भने लागत ०.६२ प्रतिशत विन्दु र बेसरेट १.१६ प्रतिशत विन्दुले वृद्धि भएको छ । 

गत वर्षको अन्त्यसम्म बैंकको लागत ७.५१ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र बेसरेट १०.०६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro