site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए ।

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताए ।

छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीले नै बनाएको भन्दै उनले आफूहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरैपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएको गुनासो गरे ।

निर्माण व्यवसायीले बजेटबिनाका आयोजना खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ट म्याद थप गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro