site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म दुई अर्ब ६१ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणानुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २५.१३ प्रतिशतले नाफा बढेको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब नौ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा मनग्य वृद्धि भएको छ । यो बैंकले गएको वर्षको अन्त्यसम्म ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानीबापत चार अर्ब ६५ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Dabur Nepal
NIC Asia

यस्तै, सञ्चालन मुनाफा २७.९५ प्रतिशतले वृद्धि भएको छ । यसले पनि बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ । 

खराब कर्जा करिब १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको अन्त्यसम्म ०.३३ प्रतिशत मात्र खराब कर्जा भएकामा गएको वर्षको अन्त्यसम्म १.३० प्रतिशत पुगेको छ । एक वर्षको अन्तरालमा खराब कर्जा ०.९७ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब २० करोड ९६ लाख रुपैयाँ छ । यसानुसार बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २४ करोड ४४ लाख रुपैयाँ थियो । यसका आधारमा बैंकले सेयरधनीलाई लाभांश दिएको थियो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।

बैंकले गएको वर्षको अन्त्यसम्म एक खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगनी अघिल्लो वर्षको तुलनामा साढे ६ प्रतिशतले बढेको छ । निक्षेप संकलन साढे ११ प्रतिशतले बढेको छ ।

१२ अर्ब ४६ करोड एक लाख रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा चार अर्ब ७० करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro