अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा निर्देशक डा. डिल्लीराम पोख्रेल नियुक्त भएका छन् ।
उनलाई आजबाट लागु हुनेगरी सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
उनी २०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन् । उनले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।
यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको रूपमा निर्देशक नारायणप्रसाद पोख्रेल थिए । पोख्रेलको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्