site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा हुने भएको छ ।

नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा एसियाका देशहरू भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ सात राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एसिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, वाग्मती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताए ।

प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro