site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । 

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएका थिए । घाइते गीताको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।  

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro