site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका आरोपितलाई मलेसियाबाट नेपाल ल्याइयो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका एक आरोपितलाई मलेसियाबाट नेपाल ल्याइएको छ । म्याग्दीका २७ वर्षीय प्रकाश विकलाई सोमबार (हिजो) नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध चरित्र हत्यासम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो । उनलाई नेपाल ल्याउन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरेको थियो । उनलाई नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा पीडितलाई नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको उनीमाथि आरोप छ ।

यस्तै, त्यस्ता भिडियो/तस्बिर पीडितको आफन्तलाई पठाएको र पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा ‘फेक एकाउन्ट’ बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको आरोप छ ।

विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि उनीविरुद्ध ०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

आवश्यक कानुनी कारबाहीका लागि विकलाई नेपाल प्रहरीको साइबर ब्युरोमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्