अर्थ व्यवसाय
काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट नलागाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले उक्त आदेश दिएको हो ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक उडानतर्फ हवाई टिकटमा मूलय अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो । जसको विरुद्धमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रिट दायर गरेको थियो ।
उक्त रिटमाथिको सुनुवाइपछि आज न्यायाधीश सिन्हाको इजलासले तत्काल भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेशसँगै सरकारको नाममा कारण देखाउ आदेश दिएको हो । अदालतले आदेशसँगै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १९:३८
प्रतिक्रिया दिनुहोस्