site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमा मुद्दा संख्या बढ्दो, फर्छ्योटको संख्या घट्दो 
Sarbottam CementSarbottam Cement

काठमाडौं  ।  पछिल्लो चार वर्षमा नेपाल प्रहरीमा एक लाख ८५ हजार १९५ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।  नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार आर्थिक वर्ष २०७६–७७ देखि २०७९–८० सम्म उक्त संख्यामा अपराधका मुद्दा दर्ता भएका हुन् । 

दर्ता भएका मुद्दामध्ये एक लाख २५ हजार ५१० वटा मुद्दा फर्छ्योट भएका छन् । अर्थात् प्रहरीमा दर्ता भएकामध्ये ६७.७७ प्रतिशत मुद्दा फर्छ्योट भएका छन् । 

प्रहरीमा दर्ता भएका अपराधका मुद्दा प्रत्येक वर्ष बढ्दो क्रममा रहेका छन् । तर मुद्दाको फर्छ्योट संख्या भने प्रत्येक वर्ष घट्दो क्रममा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फर्छ्योट मुद्दाको संख्या वर्षेनी किन घट्दै गएका होला ? नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बाह्रखरीसँग भने, “एक त अघिल्लो वर्षका मुद्दा पछिल्लो वर्षमा सर्दै आउँछन् । अर्को मुद्दा दर्ता गरेपछि केही व्यक्तिहरुले बीचैमा छोडिदिन्छन्। यसरी छोडेका मुद्दा फर्छ्योट हुन बाँकी मुद्दामा देखिन्छन् ।” 

प्रवक्ता कडायतले भनेझै अघिल्लो वर्षका मुद्दा पछिल्लो वर्ष सरेर र बीचैमा छोडिदिँदा मात्र फर्छ्योट मुद्दाको संख्या बढ्न गएको भने होइन । तथ्याङ्कले प्रहरीको मुद्दा किनारा लगाउने क्षमतामा कमी आएको स्पष्ट देखाउँछ ।

Global Ime bank

“राजनीतिक दबाबका कारण पनि थुप्रै मुद्दा बीचैमा रोक्नुपर्छ । यसले पनि फर्छ्योट हुन बाँकी मुद्दाको संख्या बढाउँदै लगेको छ,” नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, “वर्षेनी अपराधका घटना बढ्दै गएको छ तर प्रहरीको संख्या सोअनुसार बढ्न सकेको छैन । यसकारण पनि मुद्दा हेर्न भ्याइएको छैन ।” 

पछिल्ला चार वर्षमा सबैभन्दा बढी अपराधका मुद्दा गत आर्थिक वर्ष २०७९–८० मा प्रहरीकहाँ दर्ता भएको देखिन्छ ।  र, सबैभन्दा कम मुद्दा फर्छ्योट पनि सोही वर्ष भएको छ । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा कुल ५६ हजार २७५ वटा अपराधका मुद्दा दर्ता भएका थिए ।  ती मुद्दामध्ये मात्र १४ हजार ५५३ वटा मुद्दा फर्छ्योट भएका छन् ।  फर्छ्योट हुन बाँकी मुद्दाको संख्या ४१ हजार ७२२ रहेको छ । गत आर्थिक वर्ष दर्ता भएकामध्ये मात्र २५.८६ प्रतिशत मुद्दा प्रहरीले फर्छ्योट गर्न सफल भएको देखिन्छ । अर्थात् ७४ प्रतिशतभन्दा बढी मुद्दा प्रहरीले किनारा लगाउन सकेको छैन । 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा प्रहरीले दर्ता भएकामध्ये ७२.६५ प्रतिशत मुद्दा फर्छ्योट गरेको थियो । उक्त वर्ष दर्ता भएका कुल ४६ हजार ९०२ वटा अपराधिक मुद्दामध्ये ३४ हजार ७७ मुद्दा फर्छ्योट भएका थिए भने १२ हजार ८२५ मुद्दा फर्छ्योट हुन बाँकी थिए । 

आर्थिक वर्ष २०७८–७९  मा ७२.६५ प्रतिशत मुद्दा फर्छ्योट गरेको प्रहरीले  २०७९–८० मा मात्र २५.८६ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।  अघिल्लो आर्थिक वर्ष ३४ हजारभन्दा बढी मुद्दा फर्छ्योट गरेको प्रहरीले गत वर्ष १५ हजार मुद्दा पनि फर्छ्योट गर्न सकेको छैन । 

आर्थिक वर्ष २०७७–७८ मा कुल ४० हजार १२० वटा अपराधका मुद्दा दर्ता भएका थिए ।  ती मुद्दामध्ये ३५ हजार ३३४ मुद्दा सोही वर्ष फर्छ्योट  भएका थिए ।  उक्त वर्षमात्र चार हजार ७८६ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेका थिए । अर्थात् आर्थिक वर्ष २०७७–७८ मा परेकामध्ये ८८.०७ प्रतिशत मुद्दा किनारा लगाइएको थियो । 

आर्थिक वर्ष २०७६–७७ मा फर्छ्योट भएका मुद्दाको संख्या अझ बढी छ ।  उक्त वर्ष दर्ता भएका कूल ४१ हजार ८९८ वटा अपराधका मुद्दामध्ये ४१ हजार ५४६ मुद्दा फर्छ्योट भएका थिए ।  सो वर्ष फर्छ्योट हुन बाँकी मुद्दाको संख्या मात्र ३५२ रहेको थियो । उक्त वर्ष ९९.१५ प्रतिशत मुद्दा फर्छ्योट गरिएको थियो । 

मुद्दा फर्छ्योट गर्ने मामिलामा प्रहरी कमजोर बन्दै गएको तथ्याङ्कले स्पष्ट देखाउँछ ।  आर्थिक वर्ष २०७६–७७, २०७७–७८, २०७८–७९ र २०७९–८० मा क्रमशः ४१ हजार ५४६, ३५ हजार ३३४, ३४ हजार ७७ र १४ हजार ५५३ मुद्दा प्रहरीले फर्छ्योट गरेको छ। 

प्रतिशतमा हेर्दा आर्थिक वर्ष २०७६–७७, २०७७–७८, २०७८–७९ र २०७९–८० मा क्रमशः ९९.१५ प्रतिशत, ८८.०७ प्रतिशत, ७२.६५ प्रतिशत र २५.८६ प्रतिशत मुद्दा फर्छ्योट भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement