site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रसियाको समुद्री तटमा रुखले किचेर सातजनाको मत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

मस्को । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार वयस्कसहित सातजनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यान गएको हो । 

मारी एलका नागरिक रक्षा तथा जनसंख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ । शनिबार साँझ ६ बजे उक्त घटना भएको हो । 

घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलल हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए ।

घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपतकालिन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट ६५० किलोमिटर पूर्वमा अवस्थित छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro