site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक वर्षमा नेपाल भित्रियो एक अर्बभन्दा बढीको सिफुड
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट एक अर्ब दुई करोड ९८ लाख एक हजार रुपैयाँको सिफुड आयात गरेको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले उक्त रकम बराबरको सिफुड आयात गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

२०७९ साउन १ गतदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त रकममा ३७ लाख ३१ हजार ८३४ केजी सिफुड नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । 

क्याटफिस, कार्प, सालमोन, टुना, अक्टुपस, प्राउन, गँगटो लगायतका सिफुड नेपालले आयात गर्दै आएको छ । 

Global Ime bank

भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, मलेसिया, नर्वे, युनाइटेड अरब इमिरेट्स, चीन, बंगलादेश, जापान, हङकङ, दक्षिण कोरिया, सिंगापुर र म्यानमारबाट नेपालले सिफुड आयात गर्ने गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा नेपालले विभिन्न देशबाट एक अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड आयात गरेको थियो । उक्त रकममा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement