site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नापी अधिृकतले २७ वर्षमा जोडे एक करोड चार लाखको सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले एक करोड चार लाख तीन हजार ९०० रुपैयाँ बिगो दाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा पुरीविरुद्ध मुद्दा दायर गरेको हो । 

Dabur Nepal
NIC Asia

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पुरीले २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा अबैध तरिकाले एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आर्जन गरेका थिए ।

सोही अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । 

पुरीको आयभन्दा खर्च एक करोड चार लाख तीन हजार ९०० रुपैयाँ बढी देखिएकोले उक्त रकमलाई गैरकानुनी ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले बताएको छ । 

अख्तियारका अनुसार राजु पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती श्रृजना गिरीको नाममा समेत रहेको पाइएको छ । यसैकारण श्रृजनालाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro