देश
काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले रातभर छापा मारेको ठमेलको होटल भियनाबाट एक जना सञ्चालकलाई पक्राउ गरेको छ । दावा छिरिङलाई पक्राउ गरिएको विभागका एक अधिकारीले जानकारी दिए ।
उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले बिहानपखसम्म छापा मारेको थियो ।
यसअघि सोही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । छिरिङ पक्राउपछि १८ जना विभागको नियन्त्रणमा रहेको ती अधिकारीले जानकारी दिए । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ११:४२
प्रतिक्रिया दिनुहोस्