अर्थ व्यवसाय
काठमाडौं । सडक तथा साइकलमा व्यापार गर्ने साना व्यापारीमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै शनिबार काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।
आफूहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीले भृकुटीमण्डपस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
ठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । ठेलागाडा, साइकल र फुटपाथ व्यवसायमाथि प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अरू स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्