site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको महाराष्ट्रमा दुई बस ठोक्किँदा ६ जनाको मृत्यु, २१ घाइते
SkywellSkywell

बुलढाना । महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई बस एकापसमा ठोक्किँदा उक्त हताहती भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए ।

Dabur Nepal
NIC Asia

अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक यात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अरू घाइते यात्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिंगोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एकापसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu