site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली आमाबुवा बनाएर नागरिकता, सात महिनापछि रद्द
Sarbottam CementSarbottam Cement

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्की आफैँले जारी गरेको नागरिकता सात महिनापछि रद्द गरेको छ । शुक्रबार प्रशासनले पोखरा महानगरपालिका वडा नम्बर २१ की रश्मि रानाभाटको नागरिकता रद्द गरेको हो ।

रानाभाटले २०७९ पुस २१ गते नागरिकता लिएकी थिइन् । उनको नागरिकतामा आमाबुवाको नाममा ज्ञानबहादुर रानाभाट र तारा रानाभाट उल्लेख गरिएको थियो । तर, अहिले आएर रानाभाट दम्पतीको सन्तान रश्मि नभएको ठहर गर्दै नागरिकता खारेज गरिएको हो ।

नागरिकता लिँदा रश्मिले बुटवलबाट २०७६ सालमा एसईई दिएको प्रमाण बुझाएकी थिइन् । वडा नं. २१ बाट २०७५ सालमा अनलाइनमार्फत रश्मिको जन्मदर्ता भएको थियो । सोही जन्मदर्ता तथा एसईई प्रमाणपत्रको आधारमा वडा कार्यालयले नागरिकताका लागि प्रशासनलाई सिफारिस गरेको थियो । वडाध्यक्ष दीपक सुवेदी त्यतिबेला बिदामा थिए । उनले कार्यवाहक वडाध्यक्षको जिम्मा वडा सदस्य विमला केसी चालिसेले नागरिकताका लागि सिफारिस गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै विधि प्रक्रिया पुगेको भन्दै नागरिकता पनि जारी भयो । स्थानीयहरूले नै रश्मि वास्तविक छोरी नभएको तर नागरिकता पाएको विषयमा चर्चा गर्न थाले । वास्तविक छोरी नभएको विषय विस्तारै वडा कार्यालयदेखि प्रशासनसम्म आइपुग्यो । 

वडाध्यक्ष सुवेदी भन्छन्, “म त्यतिबेला बिदामा थिएँ । बिदामा भए पनि सिफारिस चाहिँ विधि प्रक्रिया पुर्‍याएर नै गरिएको हो ।”

Global Ime bank

प्रक्रिया र प्रमाणका आधारमा वडाले सिफारिस गरेकोमा उनी ढुक्क छन् । तर, सञ्चारमाध्यममा नै समाचार आइसकेपछि पुनः वडाले रानाभाट दम्पतीलाई बोलायो । यतिबेला रश्मिले नागरिकता लिएको पनि सात महिना भइसकेको थियो ।

वडाले बोलाएर केरकार गरेपछि रानाभाट दम्पतीले वास्तविकता खुलाए । सुवेदीका अनुसार रानाभाट दम्पतीले रश्मि आफ्नै छोरी नभएको स्वीकार गरेका छन् । “सानैदेखि ल्याएर पालनपोषण गर्नुभएको रहेछ । उहाँको बहिनीको छोरी (तारा) भएको खुलेको छ,” सुवेदीले भने ।

यता जिल्ला प्रशासन कार्यालयले पनि रानाभाट दम्पतीलाई बोलाएर सोधपुछ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार उनीहरूले बहिनीको छोरी रहेको स्वीकार गरेका छन् । आफ्नो छोरी नभएपछि जिल्ला प्रशासन कार्यालयले वंशजको आधारमा नागरिकता दिन नमिल्ने भन्दै रश्मिको नागरिकता रद्द गरेको हो ।

स्थानीयका अनुसार ताराकी बहिनीको छोरी रश्मि भारतमा अनाथ भएपछि ६ कक्षा पढ्दादेखि नै ल्याएर रानाभाट दम्पतीले हुर्काएका हुन् । नागरिकताविहीन हुने अवस्था आएपछि आफैँ बाबुआमा बनेर सनाखत गरेको उनीहरूले बताएका छन् ।

बाबुआमा गुमाएकी रश्मि भने अहिले उपचारको क्रममा भरतपुर अस्पतालमा रहेको परिवारले जनाएको छ । नागरिकता पाएकी रश्मि अहिले क्यान्सरको चौथो चरणबाट गुज्रिरहेको र उनलाई बचाउनकै लागि सरकारबाट राहत पाइन्छ कि भनेर नागरिकता दिलाएको प्रशासनमा बयान दिएका छन् ।

यता प्रशासनले भने बाबुआमा, रोहबरमा बसेका दाजुको बयान लिएपछि नागरिकता रद्द गरिएको र थप अनुसनधान जारी रहेको जनाएको छ । अनुसन्धानपछि दोषी ठहर भए कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement