site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोजगारीका लागि थाइल्यान्डबाट म्यानमार पुगेका नेपाली चरम संकटमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आउने रोजगारीका 'नक्कली' विज्ञापनको भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले झुटा आश्वासन दिएर आउने विज्ञापनको भ्रममा नपर्न आग्रह गरेको हो ।

मन्त्रालयले झुटा विज्ञापनकै कारण थाइल्यान्ड हुँदै म्यानमार पुगेर नेपाली कामदाहरूले 'चरम संकट'को सामना गरिरहेको जनाएको छ । सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभनमा म्यानमारको कायिन प्रान्तको म्यावडीमा पुगेका नेपालीहरू अवैध काम गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले तलब सुविधा पनि नपाएको जानकारी आएको मन्त्रालयले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानुनी रूपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिन आएको छ," विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयका अनुसार यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गरेका छन् ।

Global Ime bank

"नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेका छन् र थप नेपालीको उद्धारको प्रयास भइरहेको छ । तर, म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौती पूर्ण रहँदै आएको छ," विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक तथा भिजिट भिसामा नजान पनि आग्रह गरेको छ । कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ । 

"यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न हुन र आफैFले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेबसाइट/टेलिफोन/इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ," मन्त्रालयले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement