site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेले दियो थप सात ब्रोकरलाई सदस्यता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । 

नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीलाई नेप्सेले आशयपत्र प्रदान गरेको थियो ।

तीमध्ये सात कम्पनीलाई आज (शुक्रबार) सदस्यता प्रदान गरेको हो । यसअघि नेप्सेले सातवटा नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिइसकेको छ ।

नेप्सेबाट पछिल्लो समय १४ वटा नयाँ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आज सात कम्पनीले सदस्यता प्राप्त गरेका छन् । सदस्य पाउनेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज र कलश स्टक मार्केट रहेका छन् ।

यी कम्पनीहरूसँगै आशयपत्र प्राप्त गरेका नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिजले भने सदस्यताको पखाईमै रहेका छन् । यी कम्पनीहरूले आवश्यक कागजात पुरा गर्न बाँकी रहेकाले सदस्यता प्राप्त नगरेका हुन् । 

नबिल सेक्युरिटिज एक अर्ब ५० करोड रूपैयाँ चुक्तापुँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर रहेको छ । मेगा स्टक मार्केट ६० करोड रूपैयाँ चुक्तापुँजी भएको सेयर खरिद–बिक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी हो । 

माछापुच्छ्रे सेक्युरिटिज भने २३ करोड रूपैयाँ चुक्तापुँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी हो । नेप्सेको सदस्यता पाउने थप सात कम्पनी पनि पहिलो तहको सीमित कार्य गर्ने कम्पनीहरूमा रहेका छन् ।

यसअघि नेप्सेले पहिलो तहको सीमित कार्य गर्ने सात कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । ती कम्पनीहरूले असारदेखिनै धितोपत्र बजारमा प्रवेश गरी कारोबार सुरू गरिसकेका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डले तीन चरणमा २९ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डको लाइसेन्स प्राप्त गरेका सबै कम्पनीले नेप्सेको समेत सदस्यता लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro