site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुदमा नेपालबाट २३४ खेलाडी सहभागी हुने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २३४ खेलाडी सहभागी गराउने जानकारी गराए ।

“नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरे खेलाडी संख्या २३४ पुर्‍याउन सफल भयौं,” सदस्य–सचिव घिसिङले भने, “एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।”

सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न निर्देशन दिँदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्न बताए । उनले आवश्यक पर्ने खेल सामाग्रीको तत्काल विवरण तयारी गरी प्रकृया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए ।

नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।

कार्यक्रम तयारीका बारेमा सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, विमालगायतका विषयमा धारणा राखेका थिए । हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद्ले १९औँ एसियाली खेलकुद तयारी तथा सहभागितासम्बन्धी राष्ट्रिय खेलसँग छलफल गरेको छ । हाङझाव एसियाडमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेल संघका पदाधिकारीलाई १९औँ एसियाली खेलकुद सचिवालयको प्रगतिबारे जानकारी गराउनुका साथै सम्बन्धित राष्ट्रिय खेल संघको तयारी बारे जानकारी लिन छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro