site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विलासी नेपाली मन– ४५ अर्बको सुन, २६ अर्बका मोबाइल एकैवर्षमा भित्रिए 

काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्ष २०७९–८० को वैदेशिक व्यापारको तथ्याङ्क सोमबार सार्वजनिक गरेको छ ।  विभागको तथ्याङले नेपालको आयात र निर्यात दुवै व्यापार अघिल्लो वर्षको तुलनामा ओरालो (घाटा) लागेको देखाएको छ । आयात गरिएका वस्तुमा पनि विलासिताका सामग्री बढी रहेको छ । 

नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको विभागले जनाएको छ ।  विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको थियो । 

सोही अवधिमा नेपालले मात्र एक खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।  पछिल्लो एक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ ।

विभागका अनुसार उक्त अवधिमा नेपालको आयात १६.०८ प्रतिशतले घटेको छ भने निर्यात २१.४४ प्रतिशतले घटेको छ। यस्तै वैदेशिक व्यापार घाटा १५.४५ प्रतिशतले घटेको विभागले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र दुई खर्ब तीन करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । गत आर्थिक वर्ष २०७९–८० मा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँ रहेको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँको रहेको थियो। अघिल्लो वर्षको तुलनामा गतवर्ष वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ । 

३८ देशसँग मात्र व्यापार नाफामा 

विभागको तथ्याङ्कले गत आर्थिक वर्ष नेपालले विश्वका १७१ भन्दा बढी देशसँग व्यापारीक सम्बन्ध गाँसेको देखिन्छ ।  नेपालको वैदेशिक व्यापार रहेका देशमध्ये १३२ सँग व्यापार घाटामा रहेको छ । मात्र ३८ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

पौने तीन खर्बको पेट्रोल, डिजेल र एलपी ग्यास आयात

गत आर्थिक वर्ष २०७९–८० दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ हजार रुपैयाँको पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयात भएको छ । विभागका अनुसार गत वर्ष पेट्रोल र डिजेल २० लाख ८९ हजार ३०० किलोलिटर आयात भएको छ भने ५१ करोड ४३ लाख ४० हजार ७६८ किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

अघिल्लो वर्ष तीन खर्ब पाँच अर्ब १७ करोड २५ लाख रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात भएको थियो । जसमा २४ लाख ९३ हजार ४६८ किलोलिटर पेट्रोल र डिजेल आयात भएको थियो । एलपी ग्यास भने ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलोग्राम आयात भएको थियो ।

पछिल्लो समय नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास खपत कम भएको देखिन्छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयातमा ८.६५ प्रतिशतले कमी भएको हो ।

गत वर्ष कुल परिणामसँगै रुपैयाँ पनि घटेको छ । यसले नेपालमा पेट्रोल, डिजेल र एलपी ग्यास खपत कम भएको देखाउँछ ।

४५ अर्बभन्दा बढीको सुन आयात 

गत आर्थिक वर्ष २०७९–८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रुपैयाँको सुन आयात गरेको छ । यस्तै, सोही समयमा टर्कीबाट दुई अर्ब ७२ करोड ८१ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सुन नेपालमा आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँको सुन आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक अर्ब ३९ करोड १३ लाख ४१ हजार रुपैयाँ बढीको सुन आयात भएको विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

२६ अर्बको ३९ लाख फोन नेपाल भित्रिए

गत आर्थिक वर्ष २०७९–८० मा स्मार्टफोन र अन्य फोन गरी ३९ लाख ३५ हजार ३६७ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् । करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरका यी डिभाइसबाट सरकारले चार अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

यीमध्ये स्मार्टफोनको संख्या १५ लाख ६९ हजार ५९६ छ । बाँकी अन्य वायरलेस नेटवर्कका सेलुलर फोन रहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन मात्रै २४ अर्ब ३९ करोड रुपैयाँ बराबरका भित्रिएका हुन् । 

यसबाट सरकारले चार अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाएको छ । एक वर्षमा भित्रिएका अन्य फोनको संख्या २३ लाख ६५ हजार ७७१ छ ।  दुई अर्ब ११ करोड रुपैयाँ बराबरका यी फोनबाट सरकारले करिब ३३ करोड रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा स्मार्टफोन र अन्य फोन गरी ५७ लाख ६३ हजार सेट मोबाइल नेपाल भित्रिएका थिए ।  ४० अर्ब ८९ करोड मूल्य बराबरका यी फोनबाट सरकारले ६ अर्ब ५४ करोड राजस्व उठाएको थियो ।

एक वर्षमा ३७ लाख ९१ हजार हेडफोन भित्रिए 

आर्थिक वर्ष २०७९–८० मा ३७ लाख ९१ हजार १०१ हेडफोन र इयरफोन जस्ता उपकरणहरु भित्रिएका छन् ।  एक वर्षको अवधिमा भित्रिएका करिब ४६ करोड रुपैयाँ बराबरका सामग्रीबाट सरकारले करिब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ५७ करोड ४२ लाख मूल्य बराबरका ६५ लाख १७ हजार ११४ हेडफोन र एयरफोन जस्ता उपकरण भित्रिएका थिए । 

३६ करोडको स्मार्टवाच आयात 

पछिल्लो एक वर्षको अवधिमा दुई लाख ८६ हजार ५७१ स्मार्टवाच नेपाल भित्रिएको छ ।  करिब ३६ करोड रुपैयाँ बराबरका यी स्मार्टवाचबाट सरकारले ११ करोड ५७ लाख रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा चार लाख ४४ हजार १५३ वटा स्मार्टवाच नेपाल भित्रिएका थिए । 

करिब ५९ करोड रुपैयाँ बराबरका यी सामग्रीबाट सरकारले १८ करोड ६८ लाख राजस्व उठाएको थियो ।

नेपालमा सर्वाधिक मूल्यमा आयात भएका १० वस्तु

गत आर्थिक वर्ष २०७९–८० मा नेपालमा सर्वाधिक आयात हुने वस्तुको शीर्ष स्थानमा डिजेल परेको छ ।  गत आर्थिक वर्षमा एक खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल भित्रिएको छ । योसँगै बढी भित्रिनेमा पेट्रोल, खाना पकाउने एपी ग्यास, फलामजन्य कच्चापदार्थ, सोयाबिन तेल, कोइलाजन्य सामग्री रहेको छ।

Aayat1690199985.png

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँको एलपी ग्यास, ४३ अर्ब ६० करोड १६ लाख रुपैयाँको फलामजन्य वस्तु, ३५ अर्ब ५८ करोड ३७ लाख रुपैयाँको कच्चा भटमास तेल, २७ अर्ब १२ करोड ४३ लाख रुपैयाँको कोइलाजन्य सामाग्री, २५ अर्ब ९१ करोड ५४ लाख रुपैयाँको कच्चा पाम तेल, २४ अर्ब ६६ करोड ४७ लाख रुपैयाँको औषधिजन्य सामाग्री, २४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँको स्मार्ट फोन र २२ अर्ब ९४ करोड ६० लाख रुपैयाँको युरिया मल नेपालले आयात गरेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro