राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा गुट अन्त्य नहुने बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले विचार समूह वा गुटलाई नर्कान नसकिने बताए ।
“पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,” उनले भने ।
उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । उनले आएका गुनासाहरू सभापतिले आफ्नो तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १८:५०
प्रतिक्रिया दिनुहोस्