site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार आवश्यक : उपेन्द्र यादव
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए ।

अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरूको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताए ।

उनले भने, “नेपाल जस्तो अल्पविकसित देशमा विकसित पुँजीवादी देशहरूभन्दा महंगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । सुधार्नु यहाँ जरुरी छ । राजनीतिक दलहरू चुनाव लड्दाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौं । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महंगो र खर्चिलो भयो ।”

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro