site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बद्री पाण्डेको प्रस्ताव– सबै नेताहरुको पनि सम्पत्ति छानबिन गरौँ, स्रोत नखुले जफत गरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । केन्द्रीय समितिको आइतबारको बैठकमा सहमहामन्त्री पाण्डेले ठूला भ्रष्टाचारमा मुद्दा छानबिन सबै तहका सरकारको मुद्दा बन्नुपर्ने बताए ।

“हाम्रो अहिलेको समस्या भनेको सुशासन हो । विदेश किन भनिरहेका छन् मानिसले भने यहाँ सुशासन छैन । सेनालाई समस्याग्रस्त क्षेत्रमा विकास निर्माणका काममा लगाइयो । तर, अहिले सेना पैसामा फस्यो भन्ने छ,” सहमहामन्त्री पाण्डेले भने, “अदालतमा सेटिङको चर्चा छ, कर्मचारीतन्त्र बदनाम छ ।  सबैतिर भ्रष्टाचार व्याप्त छ । अहिले पनि भ्रष्टाचारका काण्डहरु छानबिनमा छन् । यसलाई नारायणकाजीले गरे भन्ने होइन । हामीले स्वामित्व लिनुपर्छ । यती, ओम्नीजस्ता भ्रष्टाचारका काण्ड छानबिन गर्नुपर्छ ।”

उनले राजनीति बदनाम हुँदा नागरिकको विश्वास गुमिरहेको भन्दै राजनीतिमा विश्वास फर्काउन नेताहरुको सम्पत्ति पनि छानबिन कांग्रेसकै पहलमा गर्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“राजनीति बदनाम भएका बेला हामीले ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्छ । आवश्यक परे हामी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । अवैध सम्पत्ति छ भने जफत गर्ने हिम्मत गर्नुपर्छ,” सहमहामन्त्री पाण्डेले भने, “संघीय सरकार, प्रदेश सरकार र ३३० वटा स्थानीय तहका सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्नुपर्छ, सुशासनको प्रत्याभूति दिनुपर्छ । कम्तीमा नेपाली कांग्रेसका मन्त्रीहरु सुशासनका लागि प्रतिबद्ध छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।”

उनले १४औँ महाधिवेशनमा नीति तथा कार्यक्रममा छलफल गर्न नसकेको भन्दै महाधिवेशनको १८औँ महिनामा र केन्द्रीय समिति एक वर्ष हुन लागेको भन्दै यो बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने बताए । उनले अघिल्लो महाधिवेशनमा बनाएको नाराको आलोकमा अबका नीति कार्यक्रम निर्माण हुनुपर्ने बताए ।

Global Ime bank

“गएको महाधिवेशनमा नीतिमा छलफल गर्नै सकेनौँ । त्यसबेलाका नारा ‘उत्साह एकता रुपान्तरण’ थियो । यही नाराको आलोकमा हाम्रा कार्यक्रम सांगठानिक गतिविधिहरु अघि बढाउन आवश्यक छ,” पाण्डेले भने, “मंसिर ४ को निर्वाचनमा हामीले गठबन्धन ग¥यौँ । त्यसले झण्डै बहुमत ल्यायो, अब यही गठबन्धनलाई पाँच वर्ष शासन संचालन गर्दै स्थिरता दिन सक्यौँ भने जनतामा आशा जगाउन सकिन्छ ।”

उनले आर्थिक क्षेत्र संकटग्रस्त रहेको भन्दै संकटमा कांग्रेसले नै समाधान दिनसक्ने विश्वास फेरि पनि स्थापित गर्न आवश्यक रहेको बताए ।

“अर्थतन्त्र संकटमा छ । केन्द्रको सरकारको बजेट आयो, प्रदेशको सरकारको आयो, त्यसले सन्तोष दिलाउन सकेन । जनप्रतिनिधिसमेत असन्तुष्ट छन्,” सहमहामन्त्री पाण्डेले भने, “कांग्रेसले आर्थिक संकट मोचन गर्छ भन्ने विश्वास फर्काउन आवश्यक छ । भूकम्पले थिलोथिलो भएको अर्थतन्त्रलाई रामशरण महत अर्थमन्त्री हुँदा लगानी सम्मेलन गरेर आशा फर्कायौँ । अहिले पनि हाम्रो अर्थमन्त्री हुनुहुन्छ, त्यो पहल गरेर विश्वास किन नफर्काउने ?”

उनले अहिले ०८४ को चुनावको चिन्ता गर्ने समय नभएर भएका सरकारबाट राम्रो परिणाम दिने समय भएको भन्दै एक्लै चुनाव लड्ने कि नलड्ने पनि अहिलेको छलफलको मुद्दा नभएको बताए ।

“अहिले ०८४ को चुनावमा गठबन्धन गर्ने कि नगर्ने छलफल गर्नु आवश्यक छैन,” पाण्डेले भने, “कांग्रेसले राम्रोसँग संगठन गर्यो, पार्टी सम्मिलित सरकारहरुले राम्रो काम गर्यो भने एक्लै चुनाव लड्नुपर्छ भन्ने मत देशभर छ । त्यसो गर्न सकिन्छ ।”

उनले महामन्त्रीले प्रस्तुत गरेका कार्यक्रममा कार्यान्वयनको सुनिश्चित नदेखिएको बताए ।

“विधानका व्यवस्थाहरु समेटेर कार्यतालिका बनाउनुभएको छ । हामी नीति कार्यक्रम बनाउँदा भावावेशमा आउँछौँ,” पाण्डेले भने, “कार्यान्वयन भएन भने कार्यतालिकाको औचित्य ह्ुँदैन । त्यसकारण कार्यतालिका हुने गरी बनाउँ ।”

महासमिति बैठकलाई नै नीति महाधिवेशन बनाउन प्रस्ताव

सहमहामन्त्री पाण्डेले महासमितिको बैठकलाई नै नीति अधिवेशन बनाउन प्रस्ताव गरे । उनले नीति महाधिवेशन विधानमा नभएको भन्दै महाधिवेशनमा गरेको कमजोरी महासमितिबाट पूरा गर्नुपर्ने बताए ।

“महासमितिको बैठक हुनुपर्ने समयमा हुन सकेको छैन । अब महासमिति बैठकलाई नै नीति महाधिवेशन बनाऔँ । किनभने, नीति अधिवेशन हाम्रो विधानमा छुट्टै व्यवस्था भएको विषय होइन,” पाण्डेले भने, “पार्टीको महासमितिको बैठकबाट विधानका व्यवस्था सच्याउने काम गरौँ । त्यही नीति महाधिवेशनबाट नीति र कार्यक्रम बनाएर अघि बढौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !