site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको सरकार अर्को निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आफू पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकार अर्को निर्वाचनसम्म निरन्तर रहनुपर्ने पक्षमा रहेको जनाएको छ । बुधबार सञ्चारकर्मीसँग पार्टी प्रवक्ता मनिष सुमनले यही गठबन्धनको निरन्तरताको पक्षमा जसपा नेपाल रहेको बताए । 

“यही गठबन्धन अर्को निर्वाचनसम्म रहिरहनुपर्दछ,” उनले भने, “फागुन २१ गतेदेखि प्रचण्डजीको नेतृत्वमा बनेको नयाँ समीकरणको आठबुँदे सहमतिको हस्तारकर्तामध्येको पार्टी हौँ । जग रोप्ने पार्टी हौैँ, यो सरकार अर्को निर्वाचनसम्म निरन्तर रहनुपर्छ भन्ने मान्यता राखेका छौँ । यसका विकल्पबारे कहिल्यै सोचेनौँ ।”

उनले ०७९ को निर्वाचनले कुनै दललाई बहुमत नदिएकाले मिलेरै अघि बढ्नुपर्ने बताए । सुमनले पार्टी विभाजन गर्न ठूलै शक्तिविरुद्ध लागेको दाबी गरे । पार्टीका ठूलै पदमा रहेको नेताहरू आगो लगाएर हिँडेको उनले टिप्पणी गरे । 

जसपा, नेपाल विभाजन गरी अशोक राई नेतृृत्वमा जसपा दर्ता भइसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro