site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदमन्त्री श्रेष्ठले गरे दशरथ रंगशालाको निरीक्षण
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन् । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि उनले मंगलबार त्यसको निरीक्षण गरेका हुन् ।

त्यसक्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गरे ।

सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधिमण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ ।

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर, एएफसी प्रतिनिधिले केही समयअगाडि दशरथ रंगशालाको निरीक्षण गर्दै त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुन अयोग्य रहेको रिपोर्ट प्रस्तुत गरेका थिए ।

केही दिनअगाडि मात्र एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न दशरथ रंगशाला अयोग्य रहेको पत्रचार गरेको थियो । त्यससँगै विश्वकप छनोट चरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग पनि ‘होम म्याच’ गुमाउने भय बढेको छ ।

मन्त्री श्रेष्ठले एन्फा र राखेपबीच समन्वयको अभाव देखिएको र फ्लट लाइटमा केही समस्या रहेको उल्लेख गरे । यी पक्ष सुधार गर्दै पाँच दिनभित्र रिपोर्ट बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro