site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले भन्यो– पार्टी एक ढिक्का छ, सरकार छाड्ने हल्ला निराधार हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी निरन्तर सरकारमा रहेकाले बाहिर आएका हल्लाहरू निराधार रहेको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले विकसित भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवारीपूर्वक आफ्ना कदमलाई अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देशनसमेत दिएको प्रवक्ता खतिवडाले बताए ।

Global Ime bank

उनका अनुसार बैठकमा पार्टीका विषयमा चलेका चर्चाहरूबारे पनि छलफल भएको थियो । उनले पार्टी एक ढिक्का रहेको र पार्टीमा कुनै समस्या नरहेको विषयमा प्रस्ट रहेको दाबी पनि गरे ।

बैठकले महाधिवेशन तयारीका लागि आवश्यक जोडिएका कामहरू प्रभावकारी ढंगले पूरा गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशनसमेत दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement