site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वन मन्त्रालयका आठ सहसचिवको सरुवा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले गएको बिहीबार सहसचिवहरूको सरुवा गरिएको जनाएको छ ।

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखाका प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि महानिर्देशक पद रिक्त थियो ।

Dabur Nepal
NIC Asia

सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव डा. सिन्धुप्रसाद ढुंगानालाई सरुवा गरिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ । चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंगानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्यसचिवमा सरुवा गरिएको छ । रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro