site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कालीगण्डकी करिडोर प्रसारणलाइनको निर्माण सक्न प्राधिकरणको ताकेता  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सकाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।

गएको असारमै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एन्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको काम प्रभावित भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग काममा देखिएका समस्या र समाधानका विषयमा छलफल गरे । छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारणलाइन अत्यन्तै महत्त्वपूर्ण र संवेदशील रहेको बताए । जुनसुकै अवस्थामा पनि साउनभित्र काम सम्पन्न गर्न उनले निर्देशन दिए ।

यो प्रसारणलाइन बनाइएपछि म्याग्दी, पर्वत, कास्की र लमजुङमा निर्मित जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे ।

निर्माणपछि यो प्रसारणलाइनबाट करिब एक हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro