site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल भन्छन्– गठबन्धन तोड्न अनेक षड्यन्त्र हुनसक्छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको जिकिर गरेका छन् । नेपाली कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्ता गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद : बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेको टिप्पणी गरे । त्यसलाई बुझेर सत्ता गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्ने पनि बताए ।

“घुमीफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भनेँ– व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ । किन ? यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्,” उनले भने, “यो सबै अवस्थाभित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नुपर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।”

Global Ime bank

व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको भन्दै उनले त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

पुँजीवादले मुनाफा मात्र हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement