site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा सिधै राजनीतिक संलग्नता हुँदैन : वामदेव 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने जिकिर गरे ।

आफू गृहमन्त्री हुँदा सुनकाण्ड नभएको भन्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको बताए ।

आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको भनाइ थियो ।

अहिले तस्करीको सुन कुन देशबाट आयो भन्ने पनि महत्त्वपूर्ण विषय भएको उनले बताए । तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनले उल्लेख गरे ।

फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरे । आफूलाई समाजवादी मोर्चाका लागि नबोलाइएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro