site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जितजंगको कटाक्ष– आफ्नै नेता र सभापतिलाई खुइल्याएर पार्टीलाई नेमकिपा जत्रै बनाउन खोजेको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउ गर्दै पार्टीका अन्य नेताको कटाक्ष गरेका छन् । शुक्रबारको बैठकमा उनले आफ्नै दलका नेता बालकृष्ण खाँण पक्राउ गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गएकोमा आपत्ति जनाए । उनले १५० किलो सुन पक्राउ प्रकरणमा गृहमन्त्रीको समेत नाम मुिछएको भन्दै नारायणकाजीको राजीनामा माग्न जाने कि नजाने भन्दै प्रश्न गरे । 

“१५० केजी सुन बरामद भएको छ । गृहमन्त्री र कृष्णबहादुर महराको नाम आएको छ । केपी ओलीको नाम आएको छ,” उनले भने, “हाम्रो साथीहरूको नाम आए चर्को कुरा गर्ने । हिजो गृहमन्त्री भेट्न जाने साथीहरू यो काण्डमा नारायणकाजीको नाम आएको छ । म पनि जान्छु राजीनामा माग्न, हाम्रा साथीहरु गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ?”

Prabhu Bank
Agni Group
NIC Asia

विशेषगरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै इतर समूहका नेताहरूप्रति इंगित गर्दै उनले आफ्नौ नेता र सभापति शेरबहादुर देउवालाई खुइल्याएर आफू चर्चित बन्न खोजेको हो भन्दै प्रश्न गरे । नेपाल मजुदर किसान पार्टीको उदाहरण दिँदै उनले पार्टीलाई नेमकिपा बनाउन खोजेको हो भन्दै प्रश्न गरे । 

“आफू पपुलर बनेर नेमकिपा बनाउन खोजेको हो कांग्रेसलाई ?,” उनले भने, “नेता, मन्त्री जो पनि बन्छ तर राजनेता बन्नुपर्छ । हामी गाली गर्न पछि पर्दैनौं अख्तियार प्रमुखको नाम आउँदा कोही साथी बोल्न तयार छैन । विष्णु पौडेलका विषयमा बोल्न तयार छैन । दुईवटा नागरिकता र राहदानी लिनेको विषयमा किन कोही बोल्न नसकेको ?”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !