site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकबीच विवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंस्थित गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकहरूबीच विवाद भएको छ । विवादका कारण मंगलबार राति केहीबेर गौशालाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

अहिले अवस्था सामान्य बनिसकेको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेबेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

"ट्राफिक प्रहरी र ट्याक्सी चालकबीच सानोतिनो विवाद भएको थियो । त्यही सम्बन्धमा छलफल गर्न उहाँहरूलाई हामीले बोलाएका थियौँ । त्यही समयमा उहाँहरू जम्मा हुनुभएको हो । उहाँहरूले ट्याक्सी बाटोमा राख्दा सडक अवरुद्ध भएको हो," डीएसपी थेबेले बाह्रखरीसँग भने ।

तर, एकजना ट्याक्सीले चालकले आफूहरूमाथि ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको बताए । ट्याक्सी चलाइहरेकै अवस्थामा ट्राफिक प्रहरीले हातपात गरेपछि आफूहरू विरोधमा उत्रिएको ती चालकले बताए ।

Global Ime bank

"ट्राफिक प्रहरीले एकजना चालकलाई रगत नै आउने गरी कुटे । अनि सबै ट्याक्सी चालकहरू प्रतिरोधमा उत्रिएका हुन्," ती चालकले भने ।

उनका अनुसार करिब २०० ट्याक्सीसहित चालकहरू प्रतिरोधमा उत्रिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ००:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement