site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ? 
फाइल तस्बिर

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ । वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । यो वर्ष पनि बाढी तथा पहिरोले केही ठाउँमा मानवीय तथा भौतिक क्षति पुर्‍याइसकेको छ । 

पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ । पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ । समयमै ती कुरामा ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद्हरू बताउँछन् ।

पहिरो जान नदिन बर्सातभन्दा अगाडि नै भेल–पानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिनुपर्छ । 

“बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिएको छ भने चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्नु पर्छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “ पुरानो पहिरो गएको स्थानमा बस्ती बसाउनु हुँदैन ।” 

नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्नुपर्ने र यसमा विभिन्न इन्जिनियरिङ डिजाइनहरू पनि हुने प्राधिकरणको भनाइ छ । 

“जथाभावी डोजर, एक्साभेटर प्रयोग गर्नु हुँदैन । भिरालो डाँडा वा पहाडको मुनि बस्ती बसाल्नु हुँदैन,” प्राधिकरणले भनेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro