site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्ने गरी आउनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल
फाइल तस्बिर।

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्ने गरी ल्याउन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए । 

Dabur Nepal
NIC Asia

कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताउँदै उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको र विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्न सक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए ।

आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने उनले बताए । उनले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताए ।

“अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा हार्दिक र घनिष्ट र कामकाजी सम्बन्ध होस् । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीच अन्तरविरोध र असमझदारी छ भन्ने समाजमा सम्प्रेसन नहोस्,” उनले भने, “यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्छ ।”

दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ती चुनौती सिर्जना गर्ने बताए । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीच अन्तरविरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro