site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ वर्षमा नेपाल भित्रियो दुई खर्ब ३५ अर्बभन्दा बढीको सुन
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो आठ वर्षमा विभिन्न देशबाट नेपालमा दुई खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको पाइएको छ । 

भन्सार विभागका अनुसार उक्त रकममा ३९ हजार ९१५.९ केजी सुन नेपाल भित्रिएको छ । यो आँकडा वैधरूपमा नेपाल भित्रिएको सुनको मात्र हो । 

आर्थिक वर्ष २०७२/०७३ देखि २०७९/०८० सम्म उक्त सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यसमा ढिक्का सुन, कच्चा सुन र सुनका गहना सबै जोडिएको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ११ महिनामा मात्र नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात गरेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा नेपालले ४४ अर्ब ६६ करोड ८५ लाख ६१ हजार रुपैयाँमा तीन हजार ४९३.४४ केजी सुन आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ खर्चेर नेपालले पाँच हजार ६२७.२९ केजी सुन आयात गरेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २७ अर्ब ७१ करोड दुई लाख २६ हजार रुपैयाँमा तीन हजार ९९६.३७ केजी र आर्थिक वर्ष २०७६/०७७ मा १३ अर्ब ६९ करोड ६८ लाख सात हजार रुपैयाँमा दुई हजार ४५३ केजी सुन आयात गरेको विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा ३४ अर्ब ६३ करोड ७७ लाख ४८ हजार रुपैयाँमा सात हजार ४९८.८ केजी र आर्थिक वर्ष २०७४/०७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६९ हजार रुपैयाँमा हजार २३२ केजी सुन नेपालले आयात गरेको देखिन्छ । 

आर्थिक वर्ष २०७३/०७४ मा नेपालले २३ अर्ब २३ करोड १६ लाख २९ हजार रुपैयाँमा पाँच हजार ४५० केजी सुन आयात गरेको थियो ।  

आर्थिक वर्ष २०७२/०७३ मा १६ अर्ब सात करोड ९५ लाख १५ हजार रुपैयाँमा चार हजार १६५ केजी सुन नेपाल भित्रिएको थियो । 

नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाइटेड अरब इमिरेट् (यूएई), टर्की र स्वीट्जरल्याण्डबाट आउने गरेको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ११ महिनामा मात्र नेपालले यूएईबाट करिब १९ अर्ब रुपैयाँको सुन आयात गरेको छ । 

अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, कम्बोडिया, क्यानडा, चीन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर, थाइल्याण्ड लगायतका देशबाट नेपालले सुनका गहना आयात गर्ने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro